सोमवार रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सोमवार रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

समाचार
Spread the love

रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट सोमवार थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत देवदह नगरपालिका १० का ७९ वर्षीय पुरुषको बिहान ७ः३० बजे मृत्यु भएको हो ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *