Spread the love
कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नेपालमा पनि बढिरहेको छ । कोरोना संक्रमणका कारण बुधबार बुटवलमा एका बिहानै थप २ जनाको ज्यान गएको छ ।
बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप २ जनाको ज्यान गएको हो ।
बुटवल उपमहानगरपालिका वडा न. ११ का ४७ वर्षीय पुरुषको राति १:१० बजे र बुटवल उपमहानगरपालिका वडा न. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको बिहान ५ बजे कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।