Spread the love
बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत थप एक जना महिलाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
डाइबिटिज रोगबाट पिडित रहेकी ती महिलाको उपचारका क्रममा आज (मंगलबार) बिहान ५:१० बजे मृत्यु भएको हो ।
हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ हिजो नै आईसीयू राखेर उपचार गरीएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।