Spread the love
बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषकोे मृत्यु भएको छ । नवलपरासीको सुनवल–४ का ७७ वर्षीय पुरुषलाई धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसियुमा लैजाने क्रममा बुधबार विहान बाटोमै मृत्यु भएको हो ।
गत आइतबार बुटवलको चौराहा अस्पतालमा ल्याईएका उनलाई सोमबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । त्यहाँं पिसिआर परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई फिभर क्लिनिकमा उपचार गरिएको डा. गौतमले बताए । उनलाई राति थप समस्या भएपछि कोरोना बिशेष अस्पताको आइसियुमा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।