कोरोनाको प्रभाव दिनानु दिन बढिरहेको छ । नेपालीहरुको महान चाडहरुको आगमन भए संगै नेपालीहरुको मात्र होइन संसारका सबै मानिसहरुको दैनिकी अस्तव्यस्त भैरहेको छ । सम्पुर्ण क्षेत्रहरुमा कोरोनाले प्रभाब पारिरहेको बेला गित संगीतको क्षेत्र पनि अछुतो हुन सकेको छैन । कोरोना कहरका बिच पनि सर्जकहरुले स्वास्थ्य सतर्कता अपनाउदै विभिन्न सिर्जनाहरु मार्फत श्रोता दर्शकहरुलाई मनोरंजन दिइरहेका छन् ।
यसै बिच गण्डकी मिडिया नेपालले एउटा फरक खालको म्युजिक भिडियो सार्बजनिक गरेको छ । “चित्रे दाइ” नामक गितको म्युजिक भिडियो ‘गण्डकी मिडिया नेपाल’ युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो । गीतमा कमला पोख्रेल र गोपाल खनालको स्वर रहेको छ । गीतको लय तथा शब्द गायक स्वयम गोपाल खनालको रहेको छ भने बिनोद बाजुरालीको संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा बुटवलमा रहेर थुप्रै लघु चलचित्र र केहि म्युजिक भिडियोमा अभिनय गरिसकेका ध्रुब पौडेल, स्वस्तिका पौडेल र वाल कलाकार जिया भुसालको मुख्य अभिनय रहेको छ । साथमा बिष्णु भट्टराइ, सुरज घिमिरे, अनुस्का पौडेल, केशव पौडेल, सावित्र पौडेल, बिष्णु पौडेल, बिजय खनाल र सागर बस्यालको समेत अभिनय रहेको छ । बुटवलमा रहेर लामो समयदेखि गुणस्तरिय म्युजिक भिडियोहरु निर्देशन एव निर्माण गरिरहेका निर्देशक बिष्णु भट्टराइले भिडियोको छायाङ्कन, सम्पादन तथा निर्देशन गरेका हुन ।
भिडियोमा नेपाली युवाहरुको विदेशिनुको पीडालाई देखाइएको छ । एउटा युवा गरिबीका कारण साहुको ऋण तिर्न नसकेपछि आफ्नो जन्मभूमि छोडेर बिदेशमा पुगी आफ्नो देहलीला समाप्त गरेको भूमिका निर्बाह गर्दा आफु निकै नै भाबुक बनेको मोडल तथा गण्डकी मिडिया नेपालका प्रबन्ध निर्देशक समेत रहेका ध्रुबले बताए । भिडियोले नेपाली युवाहरुलाई बिदेशी मोह त्यागेर नेपालमै केहि गरि स्वरोजगार सिर्जना गर्न प्रेरणा दिने निर्देशक भट्टराइले बताए ।