निषेधाज्ञाका बिच पनि बुटवलमा प्रदर्शन

निषेधाज्ञाका बिच पनि बुटवलमा प्रदर्शन

विशेष
Spread the love

बुटवलबाट राजधानी दाङ लैजाने प्रस्तावको विरोधमा बुटवलमा आइतबार बिहानैदेखि विरोध प्रदर्शन  सुरु भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बावजुद संघर्ष समितिको अगुवाइमा रुपन्देहीका व्यावसायिक संघसंस्थाले बुटवलको राजमार्ग चौराहाबाट जुलुस निकालेका हुन् ।

जुलुसका सहभागीले राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् । उक्त प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आइतबार बुटवल बन्दको आह्वान गरेको छ । बन्दका कारण मुख्य सडकमा अत्यावश्यक गाडी मात्रै फाट्टफुट्ट चलेका छन् । पसल, बजार बन्द छन् ।
मुख्य राजमार्गमा सुरक्षाकर्मीको संख्या बढाइएको छ । बुटवलका राजमार्ग चौराहादेखि, मिलनचोक, बसपार्क, अस्पताललाइन, नेपालगन्ज रोड, मैनाबगर, बेलबास, तिलोत्तमाको मणिग्राम चोक, मंगलापुर, भलवाडी आदि स्थानमा बिहानैदेखि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार राति सूचना जारी गर्दै रूपन्देही जिल्ला प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र तोकेको छ । प्रशासनको सूचनामा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि ५ जनाभन्दा बढी भेला हुन र प्रदर्शन गर्न रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *