बुटवलमा तेक्वान्दो कलर बेल्ट परिक्षा सम्पन्न

बुटवलमा तेक्वान्दो कलर बेल्ट परिक्षा सम्पन्न

खेलकुद
Spread the love

१४ फागुन २०७८, शनिवार

बुटवलमा ३–३ महिनाको अन्तरमा हुने कलर बेल्ट परिक्षा सम्पन्न भएको छ । रुपन्देही सि.एच.आई.टी.एफ तेक्वान्दो एशोसिएसनको आयोजनामा कलर बेल्ट परिक्षा सम्पन्न भएको हो । परिक्षामा मुनाल बोडिङ्ग, महाविर बोडिङ्ग, न्यू पाईन्युट र विविएन बोडिङ्गका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जिल्लाका ७५ जना विद्यार्थीको सहभागिता रहेको परिक्षामा विद्यार्थीहरुको प्रस्तुतीको आधारमा बेल्ट प्रदान गरिएको हो ।

परिक्षामा ३० जना विद्यार्थीले सेतो बेल्ट, १५ जनाले एल्लो बेल्ट, १० जनाले हाफ ग्रिन, १० जनाले फुल ग्रिन र १९ जनाले रेड बेल्ट पाएका थिए । रुपन्देही सिएचआई टी एफ तेक्वान्दो एशोसिएसनका अध्यक्ष कर्ण विश्वकर्माको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तेज प्रसाद वि.क. को प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा एशोसिएसनका जिल्ला उपाध्यक्ष नितेन कुमार रौंनियार , खेलकुद परिषद रुपन्देही कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दा संघ लुम्बिनीका सचिब राजकुमार पाण्डेय लगायतको सहभागिता रहेको थियो ।

तेक्वान्दो शारीरिक तन्दुरुस्तै राख्दै आत्मसुरक्षाको महत्वर्ण खेल समेत रहेको रुपन्देही सि.एच.आई.टी.एफ तेक्वान्दो एशोसिएसनका सचिब हिरा बहादुर सावतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *