बुटवलको दीपनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने

बुटवलको दीपनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने

Uncategorized समाचार
Spread the love

२७ माघ २०७८, बिहिवार

बुटवलको दीपनगरमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर बीस पचहत्तर युवा परिवारद्वारा बुटवलको दीपनगर स्थित नयाँ वडा कार्यालयको भवनमा आउँदो शनिवार अर्थात माघ २९ गते हुन लागेको हो ।

शिविरमा डा. मनोज कार्की र सुबोध बस्यालको उपस्थिति रहनेछ । शिविरमा डाक्टरहरुद्वारा नि:शुल्क सुगर जाँच, नि:शुल्क औषधी वितरण, नि:शुल्क डाक्टरद्वारा परामर्श सेवा उपलब्ध गराइने छ । शिविरमा बुटवल इण्डोक्राइन क्लिनिक प्रा लि र मल्टि स्टार रेफरेन्स प्याथ ल्याब प्रा लि सह-आयोजकको रुपमा रहेका छन् । युवा परिवारले बुटवलमा रहेर विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *