कोरोना कहरबिच बुटवल सडकमा निमार्ण गरेको डिभाइडरको उद्घाटन

कोरोना कहरबिच बुटवल सडकमा निमार्ण गरेको डिभाइडरको उद्घाटन

समाचार
Spread the love

सुनौली-पाल्पा सडक अन्तर्गत बुटवल उपमहानगरपालिकाभित्र निमार्ण गरेको डिभाइडरको एक कार्यक्रमबीच शनिवार उद्घघाटन गरेको छ ।

इनरव्हील क्लब अफ बुटवलले निर्माण गरेको नवनिर्मित डिभाइडरको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आर्चायले विरुवामा पानी सेचन गरि उद्घघाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उपप्रमुख आर्चायले बुटवल नगरको सुन्दरताका लागि सडक स्वच्छ राख्ने काममा नवनिर्मित डिभाइडरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलको विकासको लागि सबैको हातेमालोको आवश्यक्ता रहेको उल्लेख गर्दै नगरसभाले तय गरेको गुरुयोजनालाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्लबकी अध्यक्ष शोभा जोशीको अध्यक्षता, सचिव सम्झना ज्ञवालीको सञ्चालन तथा संस्थापक अध्यक्ष बसुन्धरा कसजूको स्वागतमा भएको कार्यक्रममा रोटरी क्लब अफ बुटवलका पूर्व अध्यक्ष आमोद श्रेष्ठ, डिभाइडर निमार्ण गर्न आर्थिक सहयोग गर्ने बैक अफ काठमाडौंका क्षेत्रीय प्रवन्धक चिरञ्जिवी विष्ट, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, क्लबकी पूर्व अध्यक्ष भारती जोशी लगायत बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *