बुटवल–पाल्पा सडकखण्ड दैनिक तीन घण्टा बन्द

बुटवल–पाल्पा सडकखण्ड दैनिक तीन घण्टा बन्द

समाचार विशेष
Spread the love

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड सोमबारबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन सोमबारबाट चार दिनसम्म सडक बन्द गरिएको हो ।

आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक बन्द गरेर पहिरो हटाउने काम हुने भएकाले तीन घण्टासम्म सबैखाले सवारी साधन चल्न नपाउने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताए ।

गत असारदेखि परेको वर्षाले पाल्पा–बुटवल खण्डको ३० भन्दा बढी स्थानमा पहिरो खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *