Spread the love
२४ कार्तिक २०७८, बुधवार
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड २०७८ कार्तिक २२ गते सोमबारदेखि १५ रात बन्द हुने भएको छ । सोमवारदेखि मंसिर ६ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने भएको छ । दोभान चौकी आसपास क्षेत्रमा सडक चौडा गर्ने कार्य संचालन हुने भएकाले रातको समयमा काम गर्न सवारी आवागमन बन्द गरिने भएको हो ।
डिभिजन सडक कार्यालय पाल्पाका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुने छ । बिहान ५ बजेबाट बेलुकी ९ बजेको अवधिमा भने सवारी साधन यथावत सञ्चालन हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । सडक बिस्तारको काम जारी रहेपनि एम्बुलेन्स र सुरक्षाका सवारी साधनलाई भने आवागमन गर्न दिईने छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस: