बुटवल नयाँगाउँमा आगलागी: दुई घर जलेर नष्ट (भिडियो सहित)

बुटवल नयाँगाउँमा आगलागी: दुई घर जलेर नष्ट (भिडियो सहित)

विशेष
Spread the love

२२ कार्तिक २०७८, सोमवार

बुटवलको नयाँ गाउँमा आगलागी भएको छ। सोमबार साँझ ५:३० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन। आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। सडक पक्की गर्न अलकत्रा पगाल्नका लागि बालिएको आगोबाट आगलागी भएको हो ।

बुटवल उपमहानगरपालिकाको दमकलसहित इलाका प्रहरी कार्यालयको टोली आगो नियन्त्रणमा लिन खटिएको छ । प्रहरीका अनुसार आगो निभाउन सैनामैना नगरपालिकाबाट पनि दमकल झिकाइएको छ । घटनाको क्षतिबारे पूर्ण विवरण आइसकेको छैन ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *