अलपत्र परेको नारायणगढ–बुटवल खण्डको निर्माण कार्य सुरु भएको छ।

अलपत्र परेको नारायणगढ–बुटवल खण्डको निर्माण कार्य सुरु भएको छ।

समाचार
Spread the love

कोरोना भाइरसको महामारी फैलिएपछि निर्माणको काम बिचैमा अलपत्र परेको नारायणगढ–बुटवल खण्डको निर्माण कार्य सुरु भएको छ। ४२ महिनामा सक्ने गरी शिलान्यास भएको नारायणगढ–बुटवल खण्डको काम चिनियाँ कामदारहरुले कोरोना विरुद्धको भ्याक्सिन लगाएर फर्केपछि तिब्र पारिएको छ । शिलन्यास भएपनि रुख कटान र विद्युत प्राधिकरणका पोल हटाउन ढिलाई गरिएपछि त्यसै पनि यो सडकमा काम अघि बढ्न सकेको थिएन । त्यसैबीचमा कोरोना भाइरसको महामारी फैलिएपछि सडकको काम अलपत्र जस्तै थियो ।

पूर्वाधार तयारी बिना ठेक्का सम्झौता भएपनि कोरोना महामारीको त्रासका कारण चिनिया प्राविधिकहरु कार्यस्थलमा ननिस्कँदा कामले गति पाउन सकेको थिएन । चिनियाँ प्राविधिकहरु चीन पुगेर कोरोना भाईरस विरुद्धको खोप लगाएर फर्केसँगै अहिले सडकमा देख्न सकिने गरी कामको गति बढेको छ । चिनियाँहरुले चीनमा कोरोना विरुद्ध क्लिनिकल ट्रायलमा रहेको खोप लगाएका छन् ।

सडक विस्तारको प्रारम्भिक कामअन्तर्गत अहिले दुई ठुला पुलसहित साना पुल, साइड ड्रेन, ५० वटा कल्भर्ट, माटो भर्ने, माटो कटान गर्ने, रुख कटान लगायतका कामहरु भैरहेको आयोजनाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ९ गते बुटवलमा एक कार्यक्रमका बीच शिलान्यास गरेका थिए । यो आयोजना एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको हो। सडक विस्तारअन्तर्गत दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *