बुटवल मेलाको तयारी तीव्र, चार सयभन्दा बढी स्टल रहने

बुटवल मेलाको तयारी तीव्र, चार सयभन्दा बढी स्टल रहने

विशेष समाचार
Spread the love

२८ मंसिर २०७८, मंगलवार

उद्योग व्यापार संघ बुटवलको आयोजनामा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी पुस ८ गतेदेखि पुस २० गतेसम्म बुटवलको देवीनगर रंगशालामा मेला संचालन हुन लागेको हो । उक्त मेलामा चारसय बढी स्टल रहने जनाइएको छ । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका चार सय ५० स्टल रहने र मंगलबारसम्म करिब सय वटा स्टल दर्ता भइसकेका स्टल व्यवस्थापन संयोजक लोकनाथ पाण्डेले जानकारी दिए ।

प्रदर्शनीमा स्वदेशी उद्योगका उत्पादन, कृषि र नयाँ प्रविधिका स्टललाई प्राथमिकता दिइएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

मेलामा युवा पुस्तालाई आकर्षित गर्न १५ वटा सेल्फी जोन र शंखघण्टसहितका पूजारी राखेर विभिन्न ११ देवी–देवताका मन्दिर बनाइने संघका प्रचारप्रसार समिति संयोजक जनेस पन्थीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *