२०७६, कार्तिक ५, बुधबार
बुटवलका साइकल पारखी युवाहरूको समूह मिलेर रुपन्देही जिल्ला साइक्लिङ्ग संघको रोहवरमा शनिबार बुटवल साइक्लिङ्ग ग्रुप गठन गरेको छ । शिव चौधरीको अध्यक्षता मा १३ सदस्य समिती गठन भएको हो । जसको उपाध्यक्ष चन्द्र सुवेदी, सचिव धनु जि.सी., सह-सचिव राम प्रसाद लम्साल, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ तथा सदस्यहरुमा विकास खड्की, सन्जय नेपाली, समिर रहान, सबिन थापा, सुरज तामाङ, रस्बिन श्रेष्ठ, अर्जुन पुलामी, सन्जय परियार, नसिम कुमाल यस्तै सल्लाहकारमा आशिंक राना, अमित गुप्ता र प्रेस सल्लाहकारमा जगदिश मगर रहेका छन ।
कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले नवगठित टिमलाई बधाई तथा शुभकामना दिदै एकतावद्ध भएर लाग्न सुझाव दिए । शरीरका लागि मात्र नभई वातावरण जोगाउनको लागि समेत साइकल चलाउन अभियानका रुपमा सुरु गरेको उनले बताए ।बुटवल साईक्लिङ ग्रुपका सम्पुर्ण पदाधिकारीहरुमा बुटवल न्युज अपडेटको तर्फबाट बधाई तथा सफल कार्यक्रालको शुभकामना ।