बुटवलमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

समाचार
Spread the love

२०७७ पौष ८
बुटवल धागो कारखानामा संचालित कोरोना विशेष (अस्थायी) अस्पताल बुटवलमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका-४ का ७२ वर्षीय पुरुषको मंगलबार राती उपचारका क्रममा बुटवल कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

गत मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषमा उच्च रक्तचापको समस्या रहेको थियो । पुस ४ गते कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएकामा उनलाई बुधबार राति १२ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *