२०७८ श्रावण १ गते,शुक्रवार
शुक्रबार एक समारोहकाबीच ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ कार्यक्रमको टिसर्ट लन्च गरिएको छ ।
‘स्वास्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित रुपन्देहीका पाँचवटा साईकल क्लबहरुको आयोजना तथा बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन विस्कुट एण्ड कन्फेस्नरी प्रा.लि., देवदह मेडिकल कलेज, शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती युवा क्लब, सुरक्षित यात्रा अभियान नेपालको आर्थिक सहयोमा हुने कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक किरण श्रेष्ठले बताए । कोभिड–१९ संक्रमणको जोखिमका बेला साईक्लिङ ब्यायम उपयुक्त उपाय बनेको र पछिल्लो समय साईकल मोह बढेको बताए ।
तिलोत्तमा र बुटवलका धार्मिक, पर्यटकिय स्थलहरु समावेश भएको रयाली करीब ५० किलोमिटर हुनेछ । कोराको उद्देश्य अनुसार नै पवित्र मनका साथ धार्मिक तीर्थाटनको गोलाकार स्थललाई दाहिने पारेर परिक्रमा गरिने गरी रुट तयार भएको छ ।
विश्वभर जुलाई १७ गते एकै दिन कोरा गरिने भन्दै धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको बुटवल साइक्लिङ्ग ग्रुपका अध्यक्ष शिव चौधरीले बताएका छन् । दैनिक जीवनमा साईकलको बढी भन्दा बढी प्रयोग गर्न सके पर्यावरण जोगाउन योगदान मिल्ने पनि उनले बताएका छन् ।