इन्धनको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा चक्काजाम

इन्धनको मूल्यवृद्धिको विरोध गर्दै बुटवलमा चक्काजाम

विशेष समाचार
Spread the love

२५ कार्तिक २०७८, बिहिवार

नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै बिहिवार बिहान बुटवलमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सडकमा उत्रिएका छन् । मूल्यवृद्धिको विरुद्धमा अनेरास्ववियु रुपन्देहीले १ घन्टा चक्काजाम गरेको हो ।

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै एमाले निकट अनेरास्वबियु रुपन्देहीले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गरेको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए । विरोधस्वरुप बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा राजमार्ग बन्द गरेको अनेरास्ववियु रुपन्देहीका सचिव तथा प्रचार बिभाग प्रमुख प्रकाश पराजुलीले जानकारी दिए ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *