१४ असोज २०७८, बिहिवार
नेपालीहरुको चाडपर्वहरु नजिकिदै गर्दा कालोबजारी तथा गुणस्तरहीन सामानको बिक्रि वितरण हुने सम्भावनालाई मध्यनजर गर्दै बुटवलमा अनुगमन तिब्र पारिएको छ । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।
बुटवल उपमहानगरपालिका–४, हाटबजार लाइनमा रहेका कान्दु किराना पसल, न्यू कृष्ण किराना स्टोर्स, न्यू भण्डारी खाध्य स्टार्स, गोपीकृष्ण किराना पसल बुटवल–९, कालिकापथमा रहेका न्यू भण्डारी किराना पसल, सान्जी मार्ट, ठुल्दाई ट्रेड सप्लार्य÷ठुल्दाई खाद्यान्न भण्डार, बुटवल–९ मै रहेका हरियो तरकारी प्रालि, पतञ्जली आयुर्वेद प्रा.ली, गुल्मेली ज्ञवाली किराना पसल, प्रकाश किराना स्टोर्स, एशिया एटुजेट सामाग्री केन्द्र, पवन चाट सेन्टरमा अगुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।
खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दूध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल, गुणस्तर, उत्पादन मिति, समाप्ति मिति, मूल्यसूची, पसल सञ्चालनको अनुमति, नवीकरण भएनभएको विषयमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफथ गरी नष्ट गर्ने,जरिवाना तिराइएको छ भने अटेर गर्नेलाई बन्द गर्ने चेतावनी दिइएको छ ।