नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै ४ हजार ३६४ संक्रमित

नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै ४ हजार ३६४ संक्रमित

समाचार
Spread the love

नेपालमा आज ४ हजार ३६४ संक्रमित थपिएका छन् । देशभर १८४७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ संक्रमितको संख्या ९८६१७ पुगेको छ । यही दरमा संक्रमित थपिए अबको २४ घण्टामा नेपालमा संक्रमितको संख्या एक लाख पुग्ने देखिएको छ ।
नेपालमा २६६८४ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आईसोलेसनमा ११७१७ जना रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् । आज २६७५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
देशभरबाट हाल सम्म ७१ हजार ३ सय ४३ जना कोरोना मुक्त भइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *