जय माता दी एम्युजमेन्ट र नेपाल नियमित रक्तदाता संघको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न ।

जय माता दी एम्युजमेन्ट र नेपाल नियमित रक्तदाता संघको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न ।

समाचार
Spread the love

१५ माघ २०७८, शनिवार

नेपाल नियमित रक्तदाता संघ केन्द्रिय कार्यालय बुटवल तथा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. को संयूक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदानका लागि सबै अगाडी बढौं’ भन्ने मुल नाराका साथ शनिवार दियालो फ़ुडल्याण्ड सुख्खानगर बुटवलमा कार्यक्रम सम्पन्न भएको हो ।

जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. का अध्यक्ष राजबीर जायसवालको अध्यक्षता तथा नेपाल नियमित रक्तदाता संघ केन्द्रिय प्रमुख सल्लाहकार बिमल बहादुर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ बुटवलका अध्यक्ष दया बहादुर सिलवाल, नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङ, शाइन डिजाइन एन्ड प्रीन्टका संचालक राजीव भुसालको समेत उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको संचालन सन्चारकर्मी दिपु मगरले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाक्यले पछिल्लो समय रक्तदानको बिषयमा सबै जना सकारात्मक हुँदै गएको र रक्तदान गर्नेको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको बताए । साथै रक्तदान नै जीवनको सबैभन्दा ठूलो दान भएकोले सबैलाई रक्तदान गर्न आव्हान गरे ।

यस्तै कार्यक्रमका अध्यक्ष जायसवालले आफ्नो संस्थाले विभिन्न संघ संस्थाहरुसंग रचनात्मक कार्यक्रम गर्दै आइरहेको र रक्तदान जस्तो पवित्र कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहयोगी सबैमा आभार व्यक्त गरे । कोभिडले आक्रान्त पारिरहेको यो परिपेक्षमा अन्य कार्यक्रमको फुर्सदको समयलाइ सदुपयोग गर्दै रक्तदाता संघसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको जय मातादी एम्युजमेण्टका अध्यक्ष राजबीर जयसवालले जानकारी दिए ।

कार्यक्रममा संगम टेन्ट हाउस बुटवल, शाइन डिजाइन एण्ड प्रिन्ट बुटवल, एसपिएम क्रियसन र नृत्य निर्देशक संघ बुटवलको सहकार्य रहेको थियो । कार्यक्रममा ४० बढी रक्तादाताले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *