’विप्लव’ नेतृत्वको नेपाल बन्द: बुटवलको फोटो र भिडियो सहित

’विप्लव’ नेतृत्वको नेपाल बन्द: बुटवलको फोटो र भिडियो सहित

विशेष
Spread the love

३० कार्तिक २०७८, मंगलवार

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभरसंगै बुटवलमा पनि बिहानैदेखि परेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो । बन्दका कारण लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बाँके, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित बनेको हो ।

’विप्लव’ नेतृत्वको नेपाल बन्द: बुटवलको फोटो र भिडियो सहित

बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफुट्ट रुपमा खुलेका छन् । सडकमा आन्दोलनकारी नभएपनि ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।

बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन् । विभिन्न स्थानमा यात्रु गाडी करिरहेका देखिन्छन् । तर गाडी नपाउँदा उनीहरु अलपत्र छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।

फोटो हेर्नुस

https://www.facebook.com/butwalnewsupdate/posts/3048047705408032

भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *