यसकारण भयो भैरहवाको पेट्रोल पम्पमा आगलागी

यसकारण भयो भैरहवाको पेट्रोल पम्पमा आगलागी

समाचार
Spread the love

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेकाे एभरेष्ट आयल सप्लायर्समा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएकाे हो ।

लु २ ख १५४१ नम्बरको ट्यांकरबाट उक्त पेट्राेल पम्पकाे ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासि आगाे लागेकाे जनाइएकाे छ । रुपन्देही प्रहरीका अनुसार आलगागीबाट ट्यांकर पूर्णरुपमा जलेर नष्ट भएको छ साथै उक्त ट्यांकरमा रहेकाे ३० हजार लिटर डिजल पनि जलेर नष्ट भएको छ ।

साे क्रममा मानवीय क्षति नभए पनि इन्धन खन्याउने मेसिन अपरेटर नारायण खनालको हातखुट्टा पोलेर सामान्य घाइते भएकाे प्रहरीकाे भनाइ छ । आगाे नियन्त्रणमा लिन सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट दमकल गएका थिए, राति अबेर आगलागी नियन्त्रणमा लिइएकाे जनाइएकाे छ । दमकल समयमै पुगेकाले अन्य वरिपरिका घरमा आगाे लाग्नबाट भने जाेगाउन सकिएकाे प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *