Spread the love
२०७८ बैशाख २०
२४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्ला अर्घाखाँची, कपिलवस्तु र सल्यानका ३ गरि ६ जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा कपिलवस्तु शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुष , सल्यान शारदा-११ निवासी ४३ वर्षीय पुरुष, अर्घाखाँची धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुष,यसैगरी बुटवल-४ रुपन्देही निवासी ८४ वर्षीय पुरुष र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुष छन् । भने बुटवल-११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको गौतमले बताए ।