सगरमाथाकाे नयाँ उचाइ घोषणा: ८८४८.८६ मिटर

सगरमाथाकाे नयाँ उचाइ घोषणा: ८८४८.८६ मिटर

समाचार
Spread the love

२३ मंसिर २०७७, मंगलवार

संसारकै अग्लो शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त घोषणा गरे । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चीनले मंगलबार एकैपटक सार्वजनिक गरेको हो । उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *