Spread the love
नेपालमा आज २१ सय २० संक्रमित फेला परेका छन् । देशभर १२ हजार ९७८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ८४५७० पुगेको छ । सक्रिय संक्रमित २१ हजार ३०२ रहेको छ ।
आज २०४४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या ६२७४० जना रहेका छन् ।