Spread the love
२०७७ पौष ५
पुस महिना लागेसँगै रूपन्देहीको बुटवल लगायत आसपासका क्षेत्रहरूमा शीतलहर सुरु भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा शीतलहर चलेसँगै चिसोले जनजीवन थप कष्टकर बनेको छ । अन्य समयमा सर्वसाधारणको बाक्लो चहलपहल हुने बुटवलमा केही कमी आएको छ ।

अस्पतालहरूमा पनि जाडोजन्य रोगका बिरामीको संख्या बढ्दै गएको छ । चिसोमा बाबबालिका तथा बृद्धबृद्धाहरु बढि प्रभाबित भएका हुन् ।

