रुपन्देहीमा २४ वर्षीया महिलाले एकैपटक जन्माइन् ४ शिशु

रुपन्देहीमा २४ वर्षीया महिलाले एकैपटक जन्माइन् ४ शिशु

समाचार
Spread the love

१० कार्तिक २०७८, बुधवार

रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् ।

कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका-१ चिदीपानीकी उनले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएकी हुन् । मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तारा केसीको नेतृत्वको टोलीले शल्यक्रिया मार्फत सुत्केरी गराएको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

पहिलो शिशुको तौल ११ सय ग्राम, दोस्रोको ११ सय १५ ग्राम, तेस्रोको १ हजार ६० ग्राम र चौथोको ११ सय ३० ग्राम रहेको छ । हाल आमा सामान्य वार्डमा र शिशुहरूलाई एनआईसीयूमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *