रुपन्देहीमा कोरोनाका कारण ८० जनाले ज्यान गुमाए, बुटवलमा थप १ जनाको मृत्यु

रुपन्देहीमा कोरोनाका कारण ८० जनाले ज्यान गुमाए, बुटवलमा थप १ जनाको मृत्यु

समाचार
Spread the love

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचारत १ जनाको आज बिहान मृत्यु भएको छ । बुटवल १७ का ४५ वर्षीय पुरुषको आज बिहान ६ः०५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

२२ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेको उनीमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसंगै कोरोना बिशेष अस्पतालमा भर्ना गरिएकोमा आज बिहान उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनीमा कोरोना संक्रमण सहित मृगौला र पित्तको समेत समस्या रहेको डा. गौतमले बताए ।

आज मृत्यु भएसँगै रुपन्देहीमा मृतकको संख्या ८० जना पुगेको छ । अस्पतालमा अहिले पनि गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएको कोरोना बिशेष अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *