रुपन्देहीमा राजतन्त्रको पक्षमा मोटर साइकल र्याली निकालिएको छ । बिर गोर्खाली नामको अभियानका अभियन्ताहरुको आयोजनामा निकलिएको र्याली मणिग्रामवाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगी समापन भएको थियो ।
तीन हजार भन्दा बढी मोटरसाइकलमा युवाहरु स्वस्फुर्त रुपमा सहभागी भइ “मेचीकाली हल्ला छ, राजा आउने सल्लाह छ,२०७२ सालको संबिधान खारेज गर,२०४७ को लागु गर, यो देश कसको राजाको राजा कसको जनताको लगायतका नाराहरु लगाएका थिए ।
र्याली पश्चात् कोण सभामा बसन्त बिक्रम पाण्डे, डिल्लीराम खनाल, सौरभ भण्डारी लगायतले मन्तब्य राखेका थिए ।
बिर गोर्खाली नामको अभियान सुरु गरि देशब्यापी रुपमा देश र श्रीपेच जोगाउने अभियानमा लागेको र एक हप्तापछि बिराटनगरमा राजाको समर्थनमा र्याली निकालिने बिर गोर्खालीका अभियन्ता सन्तोष राजाबादीले जानकारी दिए ।