राजधानी सार्ने निर्णय फिर्ता लिन को आग्रह

राजधानी सार्ने निर्णय फिर्ता लिन नेकपा बुटवलको आग्रह

राजनीति
Spread the love

प्रदेश ५ सरकारले दाङको देउखुरी उपत्यकामा स्थायी राजधानी बनाउन गरेको प्रस्ताव पुर्नविचार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टि नेकपा बुटवल नगर समितीले आग्रह गरेको छ ।
नगरसमितीको तर्फबाट विज्ञप्ति प्रकाशित गर्दै नगर अध्यक्ष बावुराम पन्थीले प्रदेश सरकारको उक्त निर्णयले दुखित भएको उल्लेख गरेका छन् ।
प्रदेशसभामा प्रस्ताव पेस गरेको बिषयप्रतीे गम्भीर ध्यानाकर्षण भएको जनाउदै पन्थीले राजधानी सार्ने प्रस्तावले रुपन्देहीमा प्रदेशको राजधानीका सन्दर्भमा राज्यकोषबाट भएको ब्ययभार र यहाका संस्थाहरुले गरेको योगदानको अवमुल्यन भएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रदेशसभामा हठात पेस गरेको राजधानी सार्ने प्रस्तावमा पुनर्विचार गर्न आग्रह गर्दै बहुसंख्यक जनताको केन्द्रको रुपमा रहेको बुटवललाई प्रदेशको राजधानी बनाउन आग्रह गरिएको छ ।

राजधानी सार्ने निर्णय फिर्ता लिन नेकपा बुटवलको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *