भारतको झारखण्डको साहिबगञ्ज जिल्लामा राजमहलको पहाडी इलाकामा करोडौं वर्ष पुरानो जीवाश्म (फोसिल्स) भेटिएको दाबी गरिएको छ ।
यी जीवाश्ममा जुरासिक कालका रुखका पातको छाप (लिफ इन्प्रेशन) छन् । यो १५०–२०० मिलियन (१५ देखि २० करोड ) वर्ष पुरानो भएको बताइँदै छ ।

यो जीवाश्मा ती रुखको मानिएको छ जुन कुनैबेला शाकाहारी डाइनासोरको भोजन भएको अनुमान गरिएको छ ।
यससँगै यो इलाकामा जुरासिक काल (मेसोज्यायिक एज) का जीवजन्तुको जीवाश्म (एनिमल फोसिल्स) भेटिने सम्भावना पुनः बढेको छ ।
यदि यस्तो भए अनुसन्धानकर्ताका लागि उनीहरुको रुचीको नयाँ ढोका खोल्नेछ ।
साहिबगंजस्थित पिजि कलेजमा भूगर्मशास्त्रका प्राध्यापक डाक्टर रंजित प्रसाद सिंहले बीबीसीलाई यसबारे जानकारी दिएका हुन् ।
उनले तालझारी प्रखण्डको दूधकोल गाउँमा भेटिएको जीवाश्मालाई संरक्षित गर्न र त्यो इलाकालाई ‘इको सेन्सेटिभ जोन’ घोषित गर्नका लागि मुख्य सचिव र केही अन्य अधिकारीलाई पत्र लेखिरहेका छन् । कोरोना संक्रमण कम भएपछि लखनउस्थित बीरबल साहनी इन्स्टिच्यूट सर्वे अफ इन्डिया (जीएसआई) का वैज्ञानिकसँग मिलेर यहाँ उत्खनन र जीवाश्माको खोजी गर्नका लागि उक्त पत्र लेखिएको हो ।
डाक्टर रंजीत कुमार सिंह पछिल्लो १२ वर्षदेखि राजमहलको पहाडमा जीवाश्मामाथि अनुसन्धान गरिरहेका छन् । उनी बीरबल साहनी इन्स्टिच्युट, आईआईटी खडगपुर र जियोलोजिकल सर्वे अफ इन्डियाको थुप्रै शोधमा सहभागी भइसकेका छन् । यी इलाकामा भएका विभिन्न शोध अभियानमा उनको सहभागिता रह्यो र झारखण्डमा उनको पहिचान जीवाश्म विशेषज्ञको रुपमा छ ।