बुटवल साइक्लिङ्ग ग्रुपको साइकल यात्रा बुटवलदेखि रानीमहल

बुटवल साइक्लिङ्ग ग्रुपको साइकल यात्रा बुटवलदेखि रानीमहल

खेलकुद
Spread the love

बुटवलमा रहेर विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा सकृय बुटवल साइक्लिङ्ग ग्रुपले सोमवार साइकल यात्राका साथ पाल्पाको चर्चित ठाउँ रानी महलको भ्रमण गरेको छ । पछिल्लो समय युवाहरूमा बढिरहेको साइकलको मोहले साइकल प्रयोगमा जोड दिने आशाका साथ साइकल यात्रा गरिएको हो । ग्रुपका ५ जना सदस्यहरुको सहभागितामा साइकल यात्रा गरिएको थियो । साइकल यात्रा बुटवलदेखि सुरु भइ बतासे डाँडा हुँदै रानीमहल पुगेर फेरि बुटवल फर्केको थियो ।

बुटवल साइक्लिङ्ग ग्रुपको साइकल यात्रा बुटवलदेखि रानीमहल

सरकारले कोरोना भाइरसका कारण देउसी भैलो रोक लगाएसंगै दिपावलीको टीका थापेर देउसी भैलो खेल्ने समय यात्रामा सदुपयोग गरेको सचिव धनु जिसिले बताउनुभयो । आफ्नै वरपर रहेका ऐतिहासिक महत्व बोकेको ठाउँको प्रचारप्रसार तथा आन्तरिक पर्यटनमा जोड दिन समेत यो यात्राले टेवा पुर्याउने ग्रुपले बतायो । ग्रुपले आगामी दिनहरुमा समेत आन्तरिक पर्यटनमा जोड दिने रचनात्मक कार्यहरु गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *