१६ पुष २०७८, शुक्रवार
नेपाली कलाकारिता क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार हुन्, प्रेम न्यौपाने । २०५३ साल भाद्र ११ गते गुल्मीको कालिगण्डकी गाँउपालिका–०२ अर्वेनी मा जन्मिएका न्यौपाने परिवारकोे छोरा हुन् । न्यौपाने ले गाउँमै रहेको श्री भगवती मा. वि.बाट एसएलसी र +२ उत्तिर्ण गरे । २०७१ सालमा स्नातक अध्ययनका लागि बुटवल आएका न्यौपाने बुटवल–११ देवीनगरमा रहेको लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भए ।
हजुर बुवाले गाउने भजन कृतनदेखि प्रभावित भएका न्यौपाने बाल्यकालदेखि नै गित भने पछि हुरुक्कै हुन्थे । सानैदेखि ईष्टमित्र, साथीभाईहरू र परिवारबाट हौसला पाएका न्यौपाने विद्यालय तथा अन्य विभिन्न कार्यक्रममा गित गाएर सम्मानित हुन्थे । गित संगीतको क्षेत्रलाई विशेष प्राथमिकतामा राखी विभिन्न कार्यक्रम, मेला महोत्सवहरूमा सहभागी हुन थाले । आफूलाई अग्रज कलाकारहरू, ईष्टमित्र, साथीभाइहरू तथा घर–परिवारले दिएको प्रेरणाबाट नै आफू यो क्षेत्रमा यहाँसम्म आउन सफल भएको उनी बताउँछन् ।
कलाकारितानै मुख्य आम्दानीको श्रोत र यसबाट सन्तुष्ट रहेको बताउने न्यौपाने भन्छन् ‘कलाकारिता क्षेत्रमा लागेका कारण लाखौं श्रोेताहरूले चिन्नुभएको छ, मलाई यो क्षेत्रमा हजारौ दर्शकमहानुभावहरूले मेरा गीतहरु मन पराउनु भएको छ ।, मेरो यही नै सम्पती हो।’
पछिल्लो समय भने कोरोनाका कारण प्रभावित भएको उनले बताए । कोरोनाका कारण आर्थिक मात्रै नभई आफ्नो सांगीतिक यात्रामा पनि ठूलो क्षति पुगेको उनको दुखेसो छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण कार्यक्रमहरु नहुँदा विभिन्न समस्या झेल्नु परेको बताउँदै उनले भने ‘कलाकारिता बाहेक मेरो अन्य कुनै पेशा छैन । कोरोनाको कारण झण्डै ९ महिना लकडाउन हुँदा विभिन्न प्रकारका समस्या झेल्नु पर्यो ।’
त्यस्तै न्यौपाने कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ, भाबि दिनमा केहि गर्नु पर्छ र अब आउने नयाँ पिडिहरुका लागि आफुले सिकेको शिपलाई उत्थानको निमित्त लागि पर्नु भएका न्यौपाने हाल कलाकार संघको सदस्य समेत हुनुहुन्छ ।
भाबि योजनाको बारेमा न्यौपानेलाई जिज्ञासा गर्दा उनि भन्छन् “म निरन्तर अभिनय क्षेत्रमा नै लागेर अझ धेरै जनमानसमा पुग्न चाहन्छु र समाजको लागि केहि गरेर देखाउने छु“ भन्नु भयो ।
आफुले गरेको कामको बारेमा, आफुले अभिनय गरेको भिडियो फेसबुक मार्फत दर्शक स्रोता माझ शेर गर्ने गर्छन् र दर्शक, स्रोता, शुभ चिन्तकहरुबाट नै सकारात्मक र नकारात्मक दुवै पाटोबाट बुझेर प्रतिक्रिया लिने गरेको न्यौपानले बताए
न्यौपानेको मिजासिलो, फरासिलो व्यबहारले पक्कै नेपाली कला क्षेत्रको खडेरीलाई पुर्ती गर्नेछ र आफुलाई स्थापित कलाकारको रुपमा चिनाउने छ भन्ने कुरामा कुनै दुईमत छैन । बुटवल न्युज उपडेटको तर्फबाट सफलताको लागि हार्दिक शुभ–कामना ।