बुटवल जितगढीमा सडक दुर्घटना: एक युवाको मृत्यु

बुटवल जितगढीमा सडक दुर्घटना: एक युवाको मृत्यु

विशेष समाचार
Spread the love

१० चैत २०७८, बिहिवार

बुटवलको जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी ३० वर्षीय एक युवाको ज्यान गएको छ । बिहीबार करिब १ बजे सो दुर्घटना भएको हो । दुर्घटनाबाट गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल तर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालकलाई बुटवल तर्फ आउँदै गरेको ना १ क ४१४६ नम्बरको तिलोत्तमा क्याम्पसको बसले किच्दा एक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिइसकिएको उनले बताए । अहिले किच्ने बस, बसका चालक र मोटरसाइकल र मोटरसाइकलका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *