Spread the love
२०७८ बैशाख १८ शनिबार
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले धागो कारखानामा संचालनमा रहेको कोरोना अस्थायी अस्पतालको आइसोलेशनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू को निर्माण भई संञ्चालनमा आएको छ । भने १६ बेडको आईसियु संञ्चालनमा आएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार अब बुटबल धागो कारखानामा अब ५२ बेड संञ्चालनमा आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले आजदेखी धागो कारखानामा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको एच डी यू बेड संचालनमा आएको बताए ।