बुटवलमा बाघको छालासहित चारजना पक्राउ

बुटवलमा बाघको छालासहित चारजना पक्राउ

समाचार
Spread the love

बुटवल प्रहरीले संरक्षित वन्यजन्तु बाघको छालासहित चारजनालाई पक्राउ गरेको छ । उनिहरुलाई बाघको छालासहित प्रहरीले बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रवार विहान साढे १० बजेतिर पक्राउ गरेको हो ।

६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाईको १ थान बाघको छाला सहित पक्राउ पर्नेहरुमा बुटवल ७ को ३० वर्षिय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउंपालिका वडा नं. ४ को २२ वर्षिय बिमल मगर, २४ वर्षिय संजिव पेमी र १८ वर्षिय विशाल रानामगर रहेका छन् । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *