बुटवलमा प्रहरी र खाग तस्करबीच पेस्तोल खोसाखोस, पेस्तोल पड्केर एक खाग तस्कर घाईते

बुटवलमा प्रहरी र खाग तस्करबीच पेस्तोल खोसाखोस, पेस्तोल पड्केर एक खाग तस्कर घाईते

समाचार
Spread the love

२०७७/०८/२१ गते आइतबार

बुटवलको सुख्खानगरमा गैडाको खाग तस्कर र प्रहरीका बीच पेस्तोल खोसाखोस हुँदा पेस्तोल पड्केर एकजना खाग तस्कर घाईते भएका छन् । सुख्खानगर स्थित कलश होटलमा खाग सहित तस्करहरु बसेको सुचनाका आधारमा शादा पोशाकका प्रहरी पुग्दा तस्करहरुले प्रहरीको पेस्तोल खोस्नेक्रममा पेस्तोल पड्केर एकजना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको पेस्तोलको गोली लागेर तस्कर समूहका राकेश न्यौपाने घाईते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ भने प्रहरीले अन्य २ जनालाई पक्राउ गरेको छ । तस्कर समूहका १ जना फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमा भक्तबहादुर थापा र कर्णबहदुर रावत रहेका छन् । पक्राउ पर्नेहरुमा काठमाडौं बसन्तपुरका भक्तबहादुर थापा र सुर्खेतमा कर्णबहादुर रावत छन् । उनीहरुबाट प्रहरीले गैडाको खाग बरामद गरेको छ ।

चितवनमा लगातार गैडा मारिने क्रम बढेपछि प्रहरीले गैडाको खाग तस्कर गर्ने समूहको पहिचान गरि खोजिकार्यलाई तिब्र बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *