Spread the love
२०७७/०८/२१ गते आइतबार
बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचाेक देखि पुर्व तर्फ सुख्खा नगरमा रहेकाे कलस हाेटलमा गाेली चलेको प्रहरीले बताएको छ ।
गैडाकाे खाग तस्करीमा सम्लग्नहरु बसेकाे सुचनाका आधारमा पुगेको प्रहरी टाेलीलाई खाग तस्करले पिस्तोल खाेसेर प्रहार गर्दा तस्करीमा संलग्न नै घाइते भएकाे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।
घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ, उनलाई चिउडाेमा गाेली लागेको छ । प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना भागेको प्रहरीले बताएको छ ।
होटल कलसमा तस्करहरु बसेको कोठाबाट प्रहरीले गैडाको खाग बरामद गरेको छ ।

आजै Download गर्नुहोस Free मा
