हरेक वर्ष विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम बीबीसीले प्रकाशित गर्ने गरेको छ । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर यस वर्षको विश्वकै प्रभावशाली १०० महिलाको सूचीमा परेकी छन ।
सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् । सपनाले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना खुवाउँदै आएकी छन् । सपना २०७३ सालमा म्याग्दीमा एसएलसी सकेर सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भएकि थिइन त्यसपछि साथी संगतमा परेर उनि काठमाण्डौ आएकि थिइन् ।
बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।