२० मंसिर २०७८, सोमवार
उद्योग व्यापार संघ बुटवलको आयोजनामा आगामी पुस ८ गतेदेखि २० गतेसम्म हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव-२०७८ मा डान्स आइडल तथा दोहोरी गीत प्रतियोगिता हुने भएको छ । “स्वाधीन अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधिकरण” भन्ने नाराका साथ बुटवलको देवीनगर रंगशालामा मेला सञ्चालन गर्ने तयारी भएको मेला सांस्कृतिक संयोजक यमलाल मरासिनीले जानकारी दिनुभयो ।

डान्स आइडलको विजेताले नगद रु १,०१,००० संगै म्युजिक भिडियोमा अभिनयको अवसर प्राप्त गर्नेछ । त्यस्तै द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५१,०००, २५,००० र १०,००० नगदसंगै आकर्षक उपहारहरु समेत प्राप्त गर्नेछन ।
बुटवलको देवीनगर रंगशालामा सञ्चालन हुने मेलाका लागि बुटवल उपमहानगरपालिकाबाट लिखित स्वीकृति लिएर तयारीका काम थालेको उद्योग व्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताउनुभयो । मेलामा स्वदेशी उद्योग र उत्पादन,कृषि, हस्तकला र नयां प्रविधिलाई प्राथमिकता दिने गरी स्टल राखिने महासचिव पदम जीसीले बताउनुभयो ।