प्रमोद खरेलको ‘छाती चिरेर’ ट्रेन्डिङमा

प्रमोद खरेलको ‘छाती चिरेर’ ट्रेन्डिङमा

मनोरञ्जन
Spread the love

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलको नयाँ सांगीतिक फिल्म शैलीको गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ ।

अघिल्ला गीतहरुभन्दा विल्कुल फरक रहको यो गीत सार्वजनिक भएको तेस्रो दिनसम्म युट्युबमा झन्डै चार लाख भ्युज पुगेको छ भने गीत ट्रेन्डिङमा रहेको छ । भिडियोको क्लाइमेक्सले दर्शकलाई सरप्राइजमा राखेको छ ।

हरि लम्सालको संगीत, प्रमोदकै शब्द रहेको यो गीतले मायाको तिर्सना बोलेको छ । गीतका शब्दमा प्रेम, वियोग, प्राप्ति रचिएका छन् । दृश्य क्रियसनको प्रस्तुति गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट छ ।

निर्देशक दिपकप्रसाद आचार्यको उत्कृष्ट निर्देशनमा यो भिडियो पर्छ । भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् । प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव भिडियोमा छ ।

भिडियोमा प्रयोग गरिएका केही दृश्यको अरु दृश्यसँगको कनेक्शन उत्कृष्ट छ । चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियो उत्कृष्ट छ । प्रमोदको आवाजमा समावेश थुप्रै गीतहरु चर्चामा छन् । धेरै गीतले उनलाई स्टेज तताउन मद्दत पनि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *