प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी

विशेष
Spread the love
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ, नाम लुम्बिनी

प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ बनाउने निर्णय गरेको हो ।

यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।

मन्त्रिपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको छ ।

यसैबीच आजै बसेको प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित गरेको छ । प्रदेश राजधानी र प्रदेशको नामबारे प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रदेशको नाम र राजधानी तोक्ने अधिकार सविधानत प्रदेश सरकारलाई छ । मन्त्री केसीले प्रस्ताब पेस गर्दै गर्दा केही सांसदहरुबाट बिरोधसमेत भएको थियो । यसअघि प्रदेश ५ को राजधानीका बिषयमा रुपन्देही र दाङको चर्चा हुँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *