नेपाली कांग्रेस

नेपाली कांग्रेसद्वारा आज साँझ राँके जुलुस, भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा

समाचार
Spread the love

नेपाली कांग्रेसले आज बुटवलका सबै वडामा राँके जुलुस निकाल्ने र भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे ।

कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

आज राँके जुलुस,भाेली रुपन्देही बन्द तथा  नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे का‌ग्रेस नगर सभापति खेलराज पाण्डेयले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *