Spread the love
पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन भएको छ। नेपाली कांग्रेसका भातृ संगठनले बुटवलका विभिन्न ठाउँ तथा सैनामैनामा शुक्रबार साँझ विरोध प्रदर्शन गरेका हुन्।
स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सरकारले शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको हो ।
पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले एक विज्ञप्ति जारी गर्दै कठोर आन्दोलनमा उत्रिएको उल्लेख गरेका छन् ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै स्थायी राजधानी सार्न नदिन सडक र सदन तताउने उनले बताएका छन् ।