थप २२५३ जनामा कोरोना संक्रमण, ७ संक्रमितको मृत्यु

थप १९११ जनामा कोरोना संक्रमण पुष्टि, रुपन्देहीमा मात्र ९१

विशेष
Spread the love

पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

रुपन्देहीमा आज ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या २ हजार ७२० पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीवार बुटवल उपमहानगरपालिकामा ५४ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सुद्धोधन गाउँपालिकामा ५, सैनामना नगरपालिकामा ४ जना, सियारी गाउँपालिकामा २, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।

यस्तै आजै १५ संक्रमित डिस्चार्ज भएका छन् । रुपन्देहीमा कूल संक्रमित मध्ये १ हजार ९ सय ४७ जना संक्रमित निको भएका छन भने ७३० जना उपचाररत अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *