गुल्मी र तिलोत्तमाका १/१ गरि २ जनाको कोरोनाका कारण मृत्यु

गुल्मी र तिलोत्तमाका १/१ गरि २ जनाको कोरोनाका कारण मृत्यु

समाचार
Spread the love

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रेसुङ्गा नगरपालिका वडा नं. १ गुल्मीका ६६ वर्षीय पुरूष र तिलोत्तमा नगरपालिका वडा नं. २ का ५९ वर्षीय पुरूषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

रेसुङ्गाका मृतकलाई कार्तिक २७ गते कोरोना पोजेटिभ भएको थियो । त्यसलगत्तै २८ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । ज्वरो र श्वासप्रश्पासका बिरामी उनको शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अर्का तिलोत्तमाका संक्रमितलाई यहि मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको पनि शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो । मृतकलाई ज्वरो, मुटुरोग, दम, मधुमेह र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *