कोरोना संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

कोरोना संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको काठमाडौंमा मृत्यु

समाचार
Spread the love

कोरोना भाइरसको संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको छ । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको मंगलबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

जगनाथपुरमा नै रहँदा भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएको थियो । यता एक्लै भएकोले उनी बिदा लिएर घर गएका थिए । घरमा गएर आराम गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि उनलाई उपचारका लागि जनकपुरमा लगिएको थियो । चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।

उपचारका लागि टिचिङ अस्पताल लगिए पनि त्यहाँ आईसीयू बेड खाली नभएपछि उनलाई करुणा अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *