कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख

कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १० लाख

समाचार
Spread the love

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् । यहाँ कोरोना संक्रमणपछि निको हुनेको संख्या ४५ लाख ६० हजार पुगेको छ । अमेरिकापछि एसियाली मुलुक भारतमा धेरै संक्रमित रहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६० लाख ७३ हजार ३ सय ४८ पुगेको छ ।

नेपालमा हालसम्म ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म ४ सय ७७ जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको भएकाको संख्या ५३ हजार ८९८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *