कोरोना अस्पताल सैनामैनामा एक युवाले गरे आत्महत्या

कोरोना अस्पताल सैनामैनामा एक युवाले गरे आत्महत्या

समाचार
Spread the love

२०७८ बैशाख १८ शनिबार

रुपन्देहीमा एक कोरोना संक्रमितले झुण्डीएर आत्महत्या गरेका छन् । तीनदिन पहिलेदेखि पुनःसञ्चालनमा आएकोे सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका एक कोरोना संक्रमितले शौचालयमा झुण्डीएर आत्महत्या गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए ।

निजी व्यवसायबाट राम्रो आम्दानी गरेका सैनामैना १ बनकट्टाका युवाले काठमाण्डौं गएर उपचार गराउने चाहाना राखेको बताउँदै नगर प्रमुख कार्कीले यहाँका चिकित्सक र पारिवारीक सल्लाह अनुसार अस्पतालमा उपचार गराउँदै आएका थिए । नगर प्रमुख कार्कीका अनुसार घरबाट मगाएको पातलो तन्नाले ट्वाईलेटमा झुण्डीएको अवस्थामा फेला परेका थिए । करिब रातिको २ बजेको समयमा आत्महत्या भएकोे जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *